काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा/सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।


ADVERTISEMENT


बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपियाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपियाँ भन्दा बढी रहेको छ ।


ADVERTISEMENT

# # #


सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्य बोकेको बैंकले हालउसम्म ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ काउण्टर सहित २३ राजश्व कलेक्सन काउण्टर विस्तार गरेको छ । यस्तै ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी बैंकले ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुत्र्याउँदै आइरहेको छ ।

बैंकको १४औं वार्षिक उत्सवको अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न आफूहरु सँधैँ सहज रहेको बताएका छन् ।

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर/एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए ।

कोभिड–१९ को महामारीमा पनि बैंकहरुले आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलार्ई निरन्तररुपमा सेवा दिएको बताउँदै यसले बैंक तथा वित्तीय संस्थाप्रति आमजनमानसको विश्वास बढेको उनको भनाइ थियो ।

“कोभिड–१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई सबैले सम्झिने छन् । यसले बैंक व्यवसाय मात्र नभई आपत विपतको साथी र संकटको सारथी पनि हो भन्ने कुरालाई स्थापित गरेको छ,” उनले भने, “यसलाई हामीहरुले आफ्नो व्यवहार र सेवाले थप मजबुद र प्रष्ट पार्दै जानेछौं ।”