काठमाडौँ – कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)ले गत वर्ष चैत ११ गतेदेखि कोरोना नियन्त्रणका लागि बन्द गरेको विद्यालयसहित सबै क्षेत्र खुला गरेको छ ।


ADVERTISEMENT


आइतवार बसेको सीसीएमसीको वैठकले मनोरञ्जनका क्षेत्र, जिमखाना, स्विमिङ, पार्टी प्यालेससहित सबै क्षेत्रहरु खुला गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


तत्कालका लागि सबै क्षेत्र खुला गरेपनि कोरोनाको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालयले नै पुनः यस्ता क्षेत्रहरु बन्द गर्न सकिने सीसीएमसीले जनाएको छ ।

सीसीएमसीले उक्त निर्णय मन्त्रिपरिषद्मा पठाएको छ । यस साताको मन्त्रिपरिषद्को वैठकले उक्त निर्णय सदर गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

सरकारले गत साउनदेखि क्रमशः बन्द गरिएका क्षेत्र खुला गर्दैै गएपनि भिडभाड हुने मनोरञ्जन, पार्टी प्यालेस, जिमखाना, सिनेमा हल, थियटर, विद्यालय जस्ता क्षेत्रहरु यथावत रुपमा बन्दै राख्ने निर्णय गरेको थियो । यद्यपि, यस्ता क्षेत्रहरुले पनि सरकारको निर्णयको अवेज्ञा गर्दै व्यवसाय खुला गर्न थालिसकेका थिए ।