काठमाडौँ – नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्धका आन्दोलनमा समर्थन गर्न परिपत्र जारी गरेको छ ।


ADVERTISEMENT


सबै जिल्ला समिति अन्तर्गतका दलका सबै तह, तप्का र निकायका तरुणका सक्रिय सदस्यलाई नेपाली काँग्रेसले विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेकोमा उक्त विरोधलाई अझ सशक्त र प्रभावकारी बनाउन परिपत्र जारी गरिएको हो ।


ADVERTISEMENT

# # #


नेपाल कम्यूनिष्ट पार्टीको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा उक्त विरोधमा सहभागी हुन तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले परिपत्रमार्फत आग्रह गरेका छन् ।

नेपाली काँग्रेसले पुस २५ गते सबै प्रदेशका ३३० निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७५३ पालिकामा विरोध सभा आयोजना गर्ने र माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने कार्यक्रम अघि सारेको छ ।