काठमाडौँ – नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेशनलमा, पौष २१ गते देखी हलिउड चलचित्र “टारगेट नं. वान” रिलिज हुँदैछ ।


ADVERTISEMENT


दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखी दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन् । सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र “टारगेट नं. वान” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र “टारगेट नं. वान” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गर्न सकिनेछ । यस्तै टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी ९९९आफ्नो सीएएस आइडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने डिसहोमले जनाएको छ ।