काठमाडौँ – उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्।


ADVERTISEMENT


लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदैँ आएका न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो। लामो समयसम्म उनले विभिन्न उद्योग व्यवसायमा सफलता प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #


उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो । २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।