काठमाडौँ – डोनाल्ड ट्रम्प समर्थकहरुले ट्रम्प नै अमेरिकाको राष्ट्रपति भएको स्वघोषणा गर्दै संसद्मा तोडफोड गरेका छन् ।


ADVERTISEMENT


ट्रम्पका समर्थकहरुले तारबार भत्काएर संसद् भवन कब्जा गर्ने प्रयास गरेका थिए ।


ADVERTISEMENT

# # #


गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद् भवनभित्र छिरेका थिए। सो क्रमममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ ।

वासिङ्टनका मेयर मुरियल बोउसरले वासिङ्टन सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्।