काठमाडौँ – नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ।


ADVERTISEMENT


क्याम्पसले सूचना निकाल्दै परीक्षा फारम भरिसकेका एलएलबी पहिलो वर्षका विद्यार्थीले अनिवार्य प्रवेश परीक्षा दिनुपर्ने बताएको हो ।


ADVERTISEMENT

# # #


प्रवेश परीक्षा लागि क्याम्पसले माघ १७ गतेको कार्यतालिका सार्वजनिक गरेको छ । जसका लागि नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा केन्द्र तोकिएको छ।

क्याम्पसले कोटासहित एलएलबी प्रथम वर्षका लागि ६ सय जनाको मात्र सिट संख्या निर्धारण गरेको छ ।