काठमाडौँ– मुलुकमा आजबाट औपचारिक रुपमा ७ सय ४४ वटा स्थानीय तह बनेका छन् । सरकारले स्थानिय तह पुनर्संरचना सम्बन्धि प्रतिवेदनलाई आज राजपत्रमा प्रकाशित गरेसँगै पुरानो स्थानीय निकायको अस्तित्व समाप्त भई नयाँ तह कार्यान्वयनमा आएको हो ।


ADVERTISEMENT


नयाँ संरचना अनुसार ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् । यस्तै वडाको संख्या ६ हजार ६ सय ८० पुगेको छ । काठमाडौंसंगै पोखरा, ललितपुर र भरतपुर पनि अब महानगर बनेका छन् ।


ADVERTISEMENT

# # #


स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह निर्धारण गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर २ नम्बर प्रदेशमा कम भएको गुनासोपछि सरकारले तत्कालिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल बनाएर त्यसकै सिफारिसका आधारमा संख्या बढाएको हो ।

यसअघि मुलुकमा ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए । नवनियुक्त उपप्रधान एवं संघियमामिला तथा स्थानिय विकास मन्त्री कमल थापाले आज कार्यभार सम्हाले लगतै सिंहदरबारमा पत्रकार सम्मेलन गरी स्थानीय तह राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको घोषणा गर्नुभएको हो ।

यसअघि सरकारले निर्वाचन आयोगलाई स्थानीय तहको विवरण पठाइसकेको छ ।