काठमाडौँ – नेपाली क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


दुवै मिर्गौलामा समस्या देखिएका राजपूतको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको पारिवारीक स्रोतले बताएको छ । एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा राजपूतले नियमित डाइलासिस गराउँदै आएका थिए ।


ADVERTISEMENT

# # #


आर्थिक अवस्था कमजोर भएका उनलाई बचाउन ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाईएको थियो । दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा राजपूतले प्रदेश २ बाट खेलेका थिए ।