काठमाडौँ – भारतले यही शनिवारदेखि ३० करोड नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने तयारी गरेको छ ।


ADVERTISEMENT


आपतकालीन प्रयोगका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, ५० वा ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई भारतले खोप दिने तयारी गरेको हो । यसका लागि ५० हजारभन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #


यसका लागि उनीहरुलाई आवश्यक तालिम पनि दिइएको छ । भारतको सेरम इन्स्टिच्यूटले तयार पारेको कोभिडसिल्ड खोप र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन खोप सर्वसाधारणलाई लगाउने तयारी गरिएको राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बताएका छन् ।

कोभिडविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेपनि यसले सकारात्मक नतिजा दिनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ ।