काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले मंगलबार बिहान काठमाण्डौं नागढुंगाबाट धादिङ्ग गल्छी गाउँपालिका बस्ने वर्ष विजय तामाङ्ग र आईतराज तामाङ्गलाई पक्राऊ गरेको हो । साथै उनीहरुबाट चोरीको प्रदेश ३–०२–०११प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी.सी.को पल्सर मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।


ADVERTISEMENT

# # #


उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाईकल काठमाण्डौं चोभारबाटै हराएको थियो । महाशाखाले चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन भएको अवस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३–०२–०१४ प ०३३९ रहेको बताएको छ

पक्राउ परेका उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, कीर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।