काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेश इज्चार्ज अष्टलक्ष्मी शाक्यले संसद विघटन गरेर प्रधनमन्त्री केपी शर्माओली जनताले दुःख गरेर ल्याएको संविधान र गणतन्त्रमाथि नै धावा बोलेको बताएकी छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी ओली क्रमेड नभई एउटा तानाशाही भएको बताइन् । संविधान र गणतन्त्रमाथि चीरहरण गरेकोले प्रधानमन्त्री ओलीलाई कम्रेड भन्न पनि नसुहाउने बताउँदै उनले भनिन्, ‘केपी ओली, जसलाई हामीले क्रमेट भन्न छोडिसकेका छौँ । उहाँ कम्रेड होइन अब । उहाँ प्रतिगमनकारी हो, तानाशाही हो, स्वेच्छाचारी हो ।’


ADVERTISEMENT

# # #


प्रतिगमनले जहिल्यै पनि धक्का खानएको निरंकुश शासकले जनताको अघि घुँडा टेकेको भन्दै उनले केपी ओलीले पनि घुँडा टेक्ने जिकिर गरिन् । उनले भनिन्, ‘आजको प्रतिगमनले घुँडा टेक्नुपर्छ, केपी ओली तानाशाहले जनताको अघि घुँडा टेक्नुपर्छ ।’

उनले पद र शक्तिको दुरुपयोग गरिरहेका प्रधानमन्त्री केपी शर्माओलीले कुर्सीबाट झर्नैपर्ने बताइन् । काठमाडौँवासीहरु कहिल्यै पनि निरंकुश, एकतन्त्रात्मक र राजतन्त्रमा विश्वास नगर्ने भन्दै उनले ओली प्रवृत्तिविरुद्ध सडकमा उत्रिनका लागि काठमाडौँवासीहरु उर्लिने विश्वास व्यक्त गरिन् ।

‘पुष्पलालको आदर्श, मूल्य र मान्यताबाट पे्ररित भएर काठमाडौँवासीहरु कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको छ ।’ उनले भन्नि, ‘त्यसकारण मलाई पूर्ण विश्वास छ, अब काठमाडौँवासीहरु सेलाएर बस्ने छैनन्, जबसम्म प्रतिगमनविरुद्धको आन्दोलन सफल हुँदैन ।’