काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


बुधबार वित्तीय संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा मकवानपुरको हेटौँडामा साधारणसभा सम्पन्न भएको हो । सभामा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


शेयरधनीहरुलाई आ.व. २०७६/७७ को मुनाफबाट ७ प्रतिशत लाभांश र २२ प्रतिशत बोनस शेयर गरी कुल २९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय साधारणसभाले पारित गरेको छ । राष्ट्रिय स्तरको वित्तीय संस्था छिमेकले हालसम्म ६७ जिल्लामा १३७ वटा शाखामार्फत ३ लाख ७९ हजार ६४ जना महिला सदस्यलाई लघुवित्त कार्यक्रममार्फत सेवा दिइरहेको छ ।

वित्तीय संस्थाको साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचनमा आगामी चार वर्षका लागि कर्णबहादुर घले र प्रकाश राज विष्ट निर्विरोध निर्वाचित भएका छन् । संस्थाको अधिकृत पूँजी २ अर्ब लाई वृद्धि गरी ३ अर्ब पुर्याउने निर्णय समेत साधारणसभाले पारित गरेको छ ।

वि.सं २०५८ सालमा स्थापना भएको छिमेकले आर्थिक वर्ष २०७६/७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैँया खुद नाफा आर्जन गरेको छ ।