गोरखा– घर बनाउन प्रयोग गरिने काठ लिन जंगल गएका गोरखाको धार्चे गाउँपालिका–५ लाप्राकका कामी गुरुङलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।


ADVERTISEMENT


गुरुङको देब्रे आँखा र कान भालुले चिथोरिदिएको स्थानीयवासी शिक्षिका ओम्नी गुरुङले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


घाइते गुरुङलाई हेलिकप्टरबाट थप उपचारका लागि बिहीबार राजधानीको शिक्षण अस्पताल लगिएको छ । भालुको आक्रमणपछि गुरुङ बेहोस अवस्थामा जंगलमा भेटिएका थिए । रु एक लाख ४० हजार ऋण खोजेर गुरुङलाई हेलिकप्टरबाट राजधानी लगिएको बताइएको छ ।