जुम्ला – बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको पाईन्छ त्यसैले जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गर्न लागिपरेका छन् ।


ADVERTISEMENT


यस वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका बिरुवा खरीद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भीड हुने गरेका तिला गाउँपालिका– १ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताए । यस याममा मात्र करीब छ हजार स्याउका बिरुवा बेचेको सिञ्जा गाउँपालिका स्याउ किसान हंश कठायतले जानकारीदिए ।कठायतका अनुसार दाङको टोली स्याउका बिरुवा लिन कृषि विकास कार्यालय आएर नर्सरीबाटै छ हजार बिरुवा लिएर गएका छन् । रेड, रोयल र गोल्डेन जातका स्याउ जिल्ला बाहिर निर्यात भएको छ । स्याउका बिरुवा रोप्ने मौसम शुरु भएसँगै यहाँका स्थानीयवासी र जिल्ला बाहिरका किसान आउन थालेको यहाँका स्याउ नर्सरीका सञ्चालक बताउँछन् ।


ADVERTISEMENT

# # #


नर्सरीमै रु ४० प्रतिबिरुवा बिक्री हुने गरेको यहाँका किसान बताउँछन् । फाट्टफुट्ट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । निरोगी बिरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान यस याममा लागिपरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

जिल्ला बाहिरबाट आएको मागअनुसार सबै किसानले सल्लाह गरेर एकैपटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकारात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका बिरुवा कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेको छ ।

चिसो हावापानीमा निरोगी बिरुवा पाइने भएकाले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् । हाल जिल्लामा ११० नर्स फर्म कृषि विकास कार्यालयका दर्ता भएका छन् जसमध्ये करीब ८० नर्सरी धनीले सक्रियरुपमा विरुवा उमारिरहेको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए।साढे पाँच लाख नर्स बिरुवा जिल्लामा उत्पादन भएको कार्यालय प्रमुख देवकोटाले बताए। स्याउ लगाउने मौसम शुरु भएकाले बिरुवा बिक्री हुने अपेक्षा यहाँका स्याउ नर्सका सञ्चालकले गरेका छन् । योपटक सोचे जस्तो गरेर हिउँ नपरेकाले खाल्डा खन्न गाह्रो हुने भएको छ ।

आगामी फागुनको पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकाले बिरुवाको माग आउने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । हाल जिल्लाको सिञ्जा क्षेत्र र गुठीचौर क्षेत्रतिरबाट स्याउ निर्यात भइरहेको जानकारी कार्यालयलाई आएको उनले बताए ।

स्याउका बिरुवा यहाँका किसानको प्रमुख आम्दानीको स्रोतमध्ये एक हो । जिल्लामा ३८ सय हेक्टरमा स्याउ रोपिएकामध्ये करीब एक हजार ५०० हेक्टर क्षेत्रफलबाट स्याउले फल दिने गरेको सो कार्यालयले जनाएको छ । रासस