काठमाडौँ – जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले विश्वको सर्वोच्च शिखर नेपालको सगरमाथा उल्लेख गर्दै आफ्नो जीवनकै विशेष भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
‘#सगरमाथा’ लेख्दै चौधरीले माउन्ट एभरेस्ट समेत भनिने सर्वोच्च शिखरलाई भारतले माउन्ट सिकदरको नामले चिन्नुपर्ने आफ्नो अभियान रहेको प्रस्ट्याएका छन् । उनले बताए अनुसार सर्वोच्च शिखरलाई नेपालले सगरमाथा, विश्वले माउन्ट एभरेस्ट भनेझैँ सगरमाथाको उचाईं नापेका भारतीय गणितीज्ञ राधानाथ सिकदरको सम्मानमा भारतले सगरमाथालाई माउन्ट सिकदर भन्दै आफ्नै नामले बोलाउनु पर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘सगरमाथा जसलाई माउन्ट एभरेस्टले पनि चिनिन्छ, यसलाई भारतले माउन्ट सिकदरको नामले पनि चिनोस्, जहाँबाट मेरो जीवनकै एउटा विशेष भिडियो सेल्फी ।’
केही अघि उनी सगरमाथाको आधारशिविरमा हेलिकोप्टरमार्फत पुगेर उक्त अभियान चलाएका थिए ।
हेर्नुहोस् भिडियो :