काठमाडौँ – काठमाडौमा जारी प्रधानमन्त्री एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले पहिलो जित हात पारेको छ । बुधबार पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्रै बनाउन सक्यो । ११ रनको समान्य लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको पुलिसले सुनिल धमला र कुशल भुर्तेलको अर्धशतकको मदतमा १७ ओभरमा (१९८ बल बाँकी छँदै) १ विकेट गुमाएर पूरा गरे ।


ADVERTISEMENT

# # #


यसअघि सुदूरपश्चिमका लागि ओपिनिङमा आएका खडक बोहराले सर्वाधिक ४० रन बनाए । दोस्रो विकेटका लागि सञ्जु दमाईसँग ७९ रनको साझेदारी गरेका उनले ५३ बलमा ८ चौका प्रहार गरे । सुदूरपश्चिमका लागि हेमन्त धामीले १ विकेट लिए ।

यस्तै सञ्जुले ५८ बलमा ५ चौकाका मदतमा ३५ रन हाने । करुण ऐरीले १३ तथा अर्जुन साउँदले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमको इनिङ ध्वस्त पार्ने क्रममा दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ४–४ विकेट लिए ।

आजै मूलपानीक्रिकेट मैदानमा प्रदेश नं. १ र त्रिभुवन आर्मी क्लबबीच खेल भइरहेको छ ।