सप्तरी– राष्ट्रिय गौरवको योजना अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ । विसं २०७५ फागुन १ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्धारा शिलान्यास गरिएकोे मदन भडारी मार्गको निर्माणकार्य हाल तीव्ररुपमा अघि बढिरहेको हो । सो मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, श्रवणपुर, पोडाहा खोला हुँदै उदयपुरको सिवाइसम्मको सडक निर्माण अहिले तीव्रगतिमा भइरहेको उनले बताए ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७७/७८ मा ठेक्का पाएका बजरङग कन्ट्रक्सन काठमाडौँले चर्खियादेखि पोडाहा खोला श्रवणपुरसम्मको सडकखण्डमा कालोपत्रका लागि अहिले माटो खसाउने र ग्राभेलको काम शुरु गरेको छ । यस आर्थिक वर्षमा रु ४ करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडौँले तत्काल सो सडकमा माटो भर्ने र ग्राभेलको काम सकेपछि कालोपत्र गर्ने योजनासाथ सडक निर्माण भइरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


ती सडकमा अहिले टिपर र ट्र्याक्टरबाट माटो खसाउने काम भइरहेको छ भने कालोपत्रका लागि तयारी गरिएको कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले बताए । रु एक करोडको ठेक्का पाएका नीरज जोशीले मदन भण्डारी मार्ग अन्तर्गत तिरमार्गदेखि शिवालय मन्दिर हुँदै चर्खियासम्मको करीब ७०० मिटरसम्म सडकमा माटो भर्ने र माटो मिलाउने काम शुरु गरिएको पाइएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा रु एक करोडमा रुपनगर चोकदेखि शिवालय चोकसम्म करीब ७०० मिटर कालोपत्र सम्पन्न गरेको थियो । त्यसपछि सो सडक खण्डमा बाँकी सडक निर्माण भइरहेको जनाइएको छ । रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्म निर्माण भइरहेको सो मार्गको लम्बाइ १३ किलोमिटर रहेको छ । सो मार्ग रुपनगर चोकदेखि चर्खिया, वसन्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ भएर पहाडी मार्गसम्म जोडिने छ ।

यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भई ठेक्काका लागि सम्झौता अनुसार काम भइरहेको सडक डिभिजन कार्यालय लहानले जनाए ।


ADVERTISEMENT

#
#


फराकिलो सडक बाटो बन्न थालेपछि यहाँका स्थानीयवासीसमेत खुशी भएका छन् । सडक बाटोको अभाव खेप्दै आएका रुपनगरवासी स्थानियको सो खुशी मार्गको निर्माण मात्र नभई बाढी र वर्षाको समयमा नाङ्गे खुट्टा हिँडनुपर्ने उनीहरुको बाध्यताको सम्भावित अन्त्य समेत रहेको कञ्चनरुप नगरपालिकाका स्थानीयवासी राजकुमार साहले बताए । रासस

प्रतिकृया

प्रतिकृया