काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)को टिम दिल्ली क्यापिटल्सले नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ ।


ADVERTISEMENT


दिल्लीले आइपीएलमा तीन संस्करण साथ दिएका सन्दीपलाई आइपीएल २०२१ का लागि रिलिज गरेको हो । यससँगै सन्दीप अब अक्सनमा जानेछन् । अब कुनै पनि टिमले उनीमाथि बोली लगाएर खरिद गर्न सक्नेछ ।


ADVERTISEMENT

# # #


सन् २०१८ सन्दीप पहिलो पटक आइपीएलका लागि दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स)मा ३२ लाख रुपैयाँ आवद्ध भएका थिए ।  उक्त संस्करणमा दिल्ली प्लेअफ पुग्न असफल भएपछि अन्तिम तीन वटक खेल खेल्ने अवसर पाएका थिए । जसमा उनले महत्वपूर्ण ५ विकेट लिएका थिए ।

त्यही प्रदर्शनका आधारमा दिल्लीले उनलाई रिटेन गरेको थियो । सन् २०१९ को संस्करणमा सन्दीपले ६ वटा खेल खेल्ने मौका पाएका थिए । जसमा उनले ८ विकेट लिएकमा थिए । सन्दीपलाई युएईमा गत सेप्टेम्बरमा भएको आइपीएलको १३ औँ संस्करण मा पनि दिल्लीले आफूसँगै राखेको थियो । तर, उक्त संस्करणमा भने सन्दीपले कुनै पनि खेलमा मौका पाउन सकेका थिएनन् ।

२० वर्षीय सन्दीप हाल अष्ट्रेलियाको प्रतिष्ठित बिगबास लिग (बीबीएल)मा होबर्ट हुरिकेन्सका लागि खेल्दैछन् । आगामी संस्करणमा आइपीएलमा १० वटा टिमले सहभागीता जनाउँदैछन् । यसअघि ८ वटा टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्थे  ।