स्पेनको माजोक्रा र इबिजा तटीय क्षेत्रसँग जोडिएका इलाकाहरुमा खुलेआम यौन क्रिडा हुने गरेको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



रक्सीको नशामा झूमेका युवायुवतीहरु दिनदहाडै सार्वजनिक स्थानमै सहवासमा लिप्त हुन थालेपछि त्यसले उक्त ठाउँलाई नै बदनाम गरायो । सोही कुराबाट चिन्तित हुँदै सरकारले त्यो क्षेत्रमा अनैतिक क्रियाकलाप बन्द गर्न नयाँ कानून नै बनायो ।

एक दुईवटा कानून कहाँ हो र ? ६४ वटा नयाँ कानून । ती ६४ वटा कानूनको मद्दतले त्यस क्षेत्रमा पब्लिक सेक्स रोकिनेछ, जसका कारण आम पर्यटक पनि त्यहाँ जान सकून् ।

अहिलेसम्म यी दुबै समुद्री तटीय क्षेत्र एडल्ट पार्टी तथा नाइट लाइफका लागि प्रसिद्ध छन् । सरकारले अब यी दुई क्षेत्रकै छवि सुधार्ने कोसिस गरिरहेको छ ।

उक्त क्षेत्रमा मदिरापान गरेका युवायुवतीहरुले यस्ता हर्कत गर्नु सामान्य हो ।