काठमाडौँ – आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीमा आवद्व कर्मचारी र विषय विज्ञहरूले वालेटको डिजाइनलाई आकर्षक र प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन निरन्तर मेहनत गर्दै आएका थिए । आजबाट प्रयोगयोग्यवालेट प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायूक्त हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको छ ।


ADVERTISEMENT

# # #


के छन् नयाँ विशेषता ?

नयाँ र सुधारिएको डिजाइन

विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै आम सेवाग्राहीहरूको सयमानुकूलको मागलाई सम्बोधन गर्नेगरी आइएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको छ । कम्पनीका अनुसार एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको छ ।

चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ । डिजिटल पेमेन्ट उद्योगको फस्टाउँदो अवस्थासँगै आम उपभोक्ताहरु पनि यसको प्रयोगमा अभ्यस्त हुँदै आएको सन्दर्भमा कम्पनी डिजिटल पेमेन्ट उद्योगलाई थप प्रवद्र्घन गर्न प्रतिवद्ध रहँदै आएको छ ।

पैसा बढ्ने सुपर वालेट

बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आइएमई पे वालेटको मुख्य उद्देश्य हो । देशको जुनसुकै भूगोल विशेषतः ग्रामिण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ्ग पहुँचभन्दा वाहिर रहन वाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ ।

आइएमईका सेवा केन्द्रहरूमा रहँदै आएको आमसेवाग्राहीहरूको अभ्यस्त पहुँचका कारण कम्पनीको त्यो उद्देश्य सहजै पूर्ति हुने आधारहरू पहिला नै तयार भइसकेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।

पैसा पठाउने सेवा निशूल्क

नगदरहित आर्थिक कारोबारलाई प्रवद्र्घन गर्नु डिजिटल पेमेन्ट उद्योगको मुख्य उद्देश्य हो । यसर्थ, यहाँ पैसा पठाउने कार्यलाई नगदरहित भनेर नै बुझ्नुपर्ने कम्पनीको भनाई छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘पहिला पहिला एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने कार्य त्यति सजिलो थिएन । अहिले डिजिटल एपको बढ्दो प्रयोगसँगै एक शहर-गाउँबाट अर्को शहर-गाउँसम्म पैसा पठाउन सजिलो छ ।’

आम उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा पूर्णतः निशूल्क सेवा प्राप्त गर्न सक्नेछन् । प्रापक र प्रेषकले ‘ आइएमई पे ’ मोबाइल वालेट एप डाउनलोड गरिसक्नुभएको यदि छैन भने यो सेवाका लागि दुवैले पहिला उक्त एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

बैंक ट्रान्सफर शूल्क रू. १ बाट शुरू

आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘ आइएमई पे ’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र रू. १ बाट सेवाशूल्क शुरू हुनेछ ।

आर्थिक कारोबारको प्रयोगलाई ध्यानमा राख्दै आम उपभोक्तालाई आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट नै गर्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ यो सेवा प्रदान गर्न लागिएको हो ।

एउटा ट्रान्जेक्सनको सेवाशूल्क पूर्णतः निशूल्क

आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुनेछ । यो सेवा आफुलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेण्टमा उपलब्ध हुनेछ ।

यो सेवासँगै देशभरका कुनाकाप्चामा मानव एटीएमको सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ ।

टपअपमा पाँच प्रतिशत क्यास ब्याक

सेवालाई थप प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।

विश्वव्यापी रूपमा विद्यमान महामारीबाट सुरक्षित रहन सामाजिक दूरी कायम गर्दै आर्थिक कारोबारलाई निरन्तरता दिन डिजिटल भुक्तानी सेवाप्रदायक उद्योगका तर्फबाट आइएमई पे ले आफ्नो एपलाई समयानुकूल अध्यावधिक गर्दै आइरहेको छ । यसबाट डिजिटल वित्तीय सेवामा आमसेवाग्राहीहरू छिट्टै अभ्यस्त हुने विश्वास कम्पनीले लिएको छ ।

यी सवै सुविधाहरू आइएमई पे एप अध्यावधिक गरेमा उपलब्ध हुनेछन् । साविकका सेवाग्राहीहरूले गुगल प्ले स्टोर अथवा एप्पल स्टोरमा यो सेवा पाउन सक्नेछन् । नयाँ प्रयोगकर्ताहरूले http://onelink.to/imepay बाट डाउनलोड गर्न सक्नेछन् ।