सप्तरी– बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप नगरपालिका–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नं को ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको हो । ले जनाएको छ ।


ADVERTISEMENT


सप्तरी प्रहरीका अनुसार, दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


घाइतेमध्ये शरीरका विभिन्न भागमा चोट लागेका कृष्णको अवस्था गम्भीर रहेको प््हरी श्रोतले जनाएको छ । यस्तै, ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको छ । घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ ।

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १ त ३७७० नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।

दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । ट्र्याक्टर चालक गोरखा नगरपालिका–१४ का तीर्थ थापा प्रहरी नियन्त्रणमा छन् । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ ढुङ्गा लिन आउँदै गरेको ट्र्याक्टर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । रासस