काठमाडौँ – प्रचण्ड–माधव समूहको नेकपाले शुक्रवार गरेको विरोध प्रदर्शनमाथि टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई शक्ति प्रदर्शन नभई सामान्य भिडभाड भएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रवार साँझ बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘खुट्टी देखेरै पत्याइयो, वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’


ADVERTISEMENT

# # #


ब्याङ्क्वेटमा जम्मा कार्यकर्तालाई देखाउँदै उनले भने, ‘देशैभरीबाट अलिअलि मान्छे जम्मा गरेछन्, हामी भन्दा अलिकति बढी मान्छे रहेछन्।’