काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मधेसमा एमालेको मत नघटेको तर सत्तापक्षको धाँधली र चार पार्टीको अघोषित गठबन्धनका कारण केही ठाउँमा प्राबिधिक रुपमा हारिएको बताएका छन् । राजपा सहमहामन्त्री मिर्जा अल्साद बेगलाई एमालेमा प्रबेश गराउँदै ओलीले जनमतका हिसाबले मधेसमा एमालेको मत बढेको दावी गरेका छन् ।


ADVERTISEMENT


उनले धेरै जनसंख्या रहेका नगरपालिकाहरुमा एमालेले जितेकाले गाउँपालिका जितेको संख्या जोडेर अरु पार्टी ठूला भएको टिप्पणी गरेका छन्।


ADVERTISEMENT

# # #


२ नम्बर प्रदेशको चुनाव परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको भन्दै ओलीले समग्र देशमा एमाले ठूलो पार्टी भइसकेको भन्दै मधेसमा अझै मेहनत गर्ने र धेरै नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने योजना रहेको बताएका छन् ।