पाँचथर – राजासहितको प्रजातन्त्रका लागि राप्रपाले पाँचथरमा प्रदर्शन गरेको छ । समयको माग र जनताको आकांक्षाअनुसार राजसंस्था पुनस्थापना गर्नुपर्ने माग उनीहरुको थियो ।


ADVERTISEMENT


हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाका लागि र्याली सम्पन्न भएको थियो । विशाल प्रदर्शनसहितको र्याली कोणसभामा परिणत भएको थियो ।


ADVERTISEMENT

# # #


कोणसभामा बोल्दै राप्रपा केन्द्रिय सम्पादन सदस्य सगुनसुन्दर लावतीले बहुसंख्यक नेपालीको माग राजा र हिन्दू राष्ट्रसहितको गणतन्त्र भएकाले समयले राजसंस्था मागेको बताएका थिए । जापान, बेलायत, नर्वे जस्ता मुलुकमा समेत राजसंस्था भएको र ती देशहरु समृद्ध हुनुका साथै त्यहाँको प्रजातन्त्र पनि बलियो भएको उदाहरण दिँदै उनले समस्या राजसंस्थामा नभएको भनाइ राखेका थिए । दलभन्दा माथि मुलुकको हितका लागि राष्ट्र प्रमुखकको रुपमा राजा ल्याउनुपर्ने उनको भनाइ थियो ।

प्राज्ञिक समितिका केन्द्रिय सदस्य डा. डिल्लीप्रसाद चापागाईँले गणतन्त्रसँगै जनताका नराम्रा दिन शुरु भएको बताए । यसको सुधारका लागि राजा नै उपयुक्त विकल्प भएको वक्तव्य उनले व्यक्त गरे ।