काठमाडौँ – काठमाडौँँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल भइरहेका छन् ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’मा रहेका दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मीबी खेल भइरहेको छ । आर्मीले टस जितेर बलिङ राजेपछि एपीएफले ब्याटिङ गरिरहेको छ ।


ADVERTISEMENT

# # #


दुबै टोलीले तीन खेल खेल्दा तीनवटैमा जित हात पारेपछि प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । समान ६ अंक भए पनि एपीएफले आर्मीलाई पछि पारेको छ । प्रतियोगिताको आजको खेलबाटै समूह ‘ए’को विजेताको टुंगो लाग्नेछ । समूह ‘ए’मा रहेको कर्णाली, गण्डकी र प्रदेश नं. १ प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यस्तै समूह ‘बी’ अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा आज विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नं. २ बीच खेल हुँदैछ । प्रदेश २ ले टस हारेर ब्याटिङ गरिरहेको छ । सेमिफाइनल प्रवेशका लागि पुलिसले आजको खेल जित्नैपर्ने बाध्यता रहेको छ । ३ खेलमा २ जित हात पारेको पुलिस अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

अंक तालिकामा ४ खेलमा ३ जित र एक बराबरीसहित ७ अंकका साथ बाग्मती प्रदेश अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने लुम्बिनी प्रदेश ४ खेलमा २ जित र एक बराबरीसहित ५ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

आजको खेल जितेमा पुलिसको ४ खेलमा ३ जितसहित ६ अंकका साथ सेमिफाइनल प्रवेश गर्नेछ । हारेमा लुम्बिनीले सेमिफाइनलको यात्रा तय गर्नेछ भने प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश नं. २ ले पहिलो जित निकाल्ने छ । सुदूरपश्चिम प्रदेश यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।