एजेन्सी – भारत पूर्ण गणराज्य बनेको अवसरमा आज छिमेकी मुलुक भारतमा धूमधामका साथ ७२ औँ गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसमा अवसरमा भारतमा आज राफेल लडाकूको विमान, युद्धमा प्रयोग भएका विद्युतीय हतियार,सुखोई एमके ३० युद्ध विमानसहित भारतीय सेना वृहत् शक्ति प्रदर्शनी गर्दैछ ।


ADVERTISEMENT


७२ वर्ष अघि भारतले पहिलो पटक आफ्नै संविधान जारी गरेको थियो । सोही अवसरमा भारतमा प्रत्येक वर्ष यो दिनलाई गणतन्त्र दिवसको अवसरमा उत्सव मनाउने गरिन्छ ।


ADVERTISEMENT

# # #


भारतमा २६ जनवरीलाई पहिले अँग्रेजको उपनिवेशबाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवसका रुपमा मनाउने गरिन्थ्यो । १९४७ अगष्ट १५ मा भारत अँग्रेजहरुको शासनबाट मुक्त भएपनि प्रधानमन्त्री जवारलाल नेहरुको नेतृत्वमा काँग्रेसले सन् १९३० जनवरी २६ मा अँग्रेजविरुद्ध आन्दोलन घोषण गरेको अवसरमा संविधान बन्नुअघि भारतमा २६ जनवरीलाई नै स्वतन्त्रता दिवसको रुपमा मनाइन्थ्यो ।

गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा शुभकामना सन्देश व्यक्त गरेका छन् ।