काठमाडौँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैँया पुरस्कार र ट्रफी पाउने भएको छ । मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


यस्तै बैठकले प्रतियोगिताको उपविजेतालाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् । यस्तै सेमिफाइनलमा पुगेका चार टोलीले प्रतिटिम ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


ADVERTISEMENT

# # #


माघ २ गते देखि सुरु भएको प्रतियोगितामा तीन वटा विभागीय टोली र ७ प्रदेश गरी १० टिमले सहभागिता जनाएका थिए । हाल समूह चरणका खेल सकिएर सेमिफाइन पुग्ने चार टोलीको टुंगो लागिसकेका छ । सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र बाग्मती प्रदेश सेमिफाइनल पुगेका छन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने भने भने उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही २५–२५ हजार प्रदान गर्ने क्यानले निर्णय गरेको छ ।

सेमिफाइनलदेखि प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ले ५ हजार पाउनेछन् । यसअघि ‘म्यान अफ दि म्याच’लाई २५ सय दिँदै आइएको थियो ।