काठमाडौँ – नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षमताको सौर्य ऊर्जा आयोजना शुरु हुन लागेको छ ।


ADVERTISEMENT


नेपाल लगानी वोर्डले बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा १२५/१२५ गरी कुल २५० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको सौर्य ऊर्जा आयोजनाका लागि सिंगापुरको राइजेन इनर्जी कम्पनीसँग सम्झौता गरेको छ ।


ADVERTISEMENT

# # #


मंगलवार वोर्ड र कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले एक वर्षभित्र सौर्य ऊर्जा प्लान्टको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बुझाउने छ ।
आयोजनाको कुल लागत १८ करोड ९५ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।