कञ्चनपुर– घरमा पालेको राँगाले हान्दा एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार, नगरपालिका २ मोतीबस्तीका ७२ वर्षीय स्थानिय बासिन्दा वासुलाल चौधरीलाई गए राति पराल हाल्ने क्रममा राँगाले हान्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT


कानुनी प्रक्रिया पुरा गरेर मात्रै शवलाई अन्तिम संस्कारका लागि आफन्तलाई दिने प्रवक्ता थापाले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस


ADVERTISEMENT

# # #