ओखलढुंगा– मानव अधिकार तथा पत्रकारिता सम्बन्धिको दुई दिने तालिम सम्पन्न भएको छ । ‘सबैका लागि घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने मूल नारासहित मानव अधिकार र पत्रकारिता सम्बन्धिको तालीम आज सम्पन्न भएको हो।


ADVERTISEMENT


राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारीका समूह नेपालद्वारा संयुक्त रुपमा आयोजित सो तालीममा सुनसरी, मोरङ, झापा र भोजपुरका गरी ३२ पत्रकार महिलाको सहभागिता थियो । कार्यक्रमको अवसरमा बोल्दै आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सबैको अधिकार सुरक्षित हुने गरी समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै, उनले सञ्चारकर्मीलाई मानव अधिकारको प्रर्वद्धन क्षेत्रमा कलम चलाउन आग्रह समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


आयोगका प्रदेश नं १ उपनिर्देशक नीतु गड्तैलाले मानव अधिकारमैत्री पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै मानिसको जीवन, स्वतन्त्रता, समानता र मर्यादालाई ख्याल गरेर पत्रकारिता गर्नुपर्ने धारणा व्यक्त गरिन् । पत्रकार महिलाको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सो तालीमको आयोजना गरिएको उनले बताइन्। रासस