काठमाडौँ – प्रहरीले राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या गरी फरार रहेको एक जनालाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियार रहेका छन् ।


ADVERTISEMENT


घटनापछि लुकिछिपी बस्दै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीको टोलीले बिहीबार भक्तपुरको चाँगुनारायण नगरपालिका तार्थलीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार विवेकले राष्ट्रिय अनुसन्धान विभागको जिल्ला कार्यालय बाँकेमा कार्यरत नेपालगन्ज–१८ का २७ वर्षीय प्रवीण थापा मगर माघ २ गते बिहान ९ः३० मा खेतवारीमा अनुहार र टाउकोमा चोटसहित मृत अवस्थामा फेला परेका थिए ।


ADVERTISEMENT

# # #


सोही घटनामा विवेक संलग्न रहेको आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो । बिहीबार पक्राउ परेसँगै उनलाई आवश्यक कारवाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बाँके पठाइने ब्यूरोकी प्रवक्ता एसपी गंगा पन्तले बताएकी छन् ।