सुर्खेत– विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट नेपालमा एक प्रतिशतभन्दा कम र कर्णालीमा त्यसभन्दा झनै तलको दरमा मृत्यु हुनुमा स्थानीय सरकारहरुले पु¥याएको योगदानलाई लिइएको छ ।


ADVERTISEMENT


जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा कोभिडको अवधिभर हेल्थडेस्क स्थापना, स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ, रेकर्डिङ तथा रिपोर्टिङ, प्राथमिक उपचार, कोभिडसम्बन्धी क्षमता अभिवृद्धिका तालीम, शव व्यवस्थापनदेखि खोपलगायतका सेवा प्रवाहको प्रभावकारी रहेको कुरा उल्लेख गरिएको हो । ।


ADVERTISEMENT

# # #


कोभिड–१९ को हालसम्मको प्रगतिको समीक्षा तथा कोभिड खोपसम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख चेतननिधि वाग्लेले कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा तीनै तहका सरकारको प्रभाव राम्रो रहेको बताएका छन् । उनले महाव्याधिमा तीन तहका सरकारको यथोचित र शीघ्र व्यवस्थापन प्रभावकारी बनेकाले ठूलो क्षति हुन नपाएको धारणा व्यक्त गरे।

उनका अनुसार, कर्णालीका १० जिल्लाका १२ अस्पतालबाट ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । सुर्खेतमा पहिलो चरणमा दुई हजार ८ सय नागरिकलाई खोप वितरण गर्ने कार्यक्रम रहेको छ । १८ वर्षभन्दामुनिकालाई यो खोप लगाउने मापदण्ड उल्लेख नभएकाले भन्दै उनले अति शीघ्र एलर्जी भएका, गर्भवती, स्तनपान गराउने, गर्भधारण गर्ने इच्छा भएकाले समेत यो खोप लगाउन नमिल्ने प्रस्ट पारेका छन् ।

पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो चरणमा पनि सोहि खोप लगाउनुपर्ने उनले बताए । कर्णालीमा कोरोना भाइरस सङ्क्रमण परीक्षण गरिएका करीब ९७ हजारमाध्ये ३३ हजार सुर्खेतबासी रहेका थिए । यस्तै, कोरोना संक्रमणका कारण हालसम्म यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २९ रहेकोमा तीमध्ये २३ जना सुर्खेतबासी रहेका थिए ।

यसैगरि कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले भने परीक्षण गर्नलाई ‘कोभिशिल्ड’ खोप नेपाल पठाएको भन्ने गलत प्रचारमा नलाग्न सबैसँग आग्रह गरेका छन्। रासस