काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले अवसरको पर्खाइमा रहेका केही नेताहरुका कारण प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नेपाल कांग्रेस कमजोर देखिएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार नेपाली कांग्रेसले काठमाडौँको शान्तिबाटिकामा प्रतिनिधिसभा विघटनका विरुद्ध गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले आफ्नै पार्टीका केही नेताहरु निर्वाचन भए जितेर सत्तामा जान पाइने आशामा प्रधानमन्त्री ओलीको अधिनावादको पक्षमा उभिएको भन्दै असन्तुष्टि जनाए ।


ADVERTISEMENT

# # #


त्यस्ता नेताहरुलाई लड्डु कांग्रेसको संज्ञा दिँदै नेता थापाले भने थापाले भने, “संविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायक हुँदै छन् । तर, केही लड्डु कांग्रेसहरू मैदानमा आउनु भएको छ । यो हातमा पनि लड्डु, त्यो हातमा पनि लड्डु । ‘लड्डु कांग्रेस’का कारणले गर्दा आज कांग्रेसमाथि नै प्रश्न उठ्यो ।’ उनले आफ्ना नेताहरुलाई संविधानको पक्षमा कि विपक्षमा भनेर प्रश्न समेत गरे ।

केही कांग्रेसी नै अदालतका विषयमा बोल्न हुँदैन भनेर पन्छिने गरेको भन्दै उनले बीपी कोइरालाका कार्यकर्ताले त्यसो भन्न नसुहाउने बताए । ‘सर्वोच्चमा उभिएर बीपी कोइरालाले कतैबाट प्रभावित नभए मात्र अदालतको प्राण तटस्थतामा मात्र रहन्छ, दायाँ–बायाँ हेरेर हैन, संविधान हेरेर न्यायको रोहमा बसेर फैसला गरोस भन्नुभएको थियो,’ उनले भने, ‘त्यो पार्टीका कार्यकर्ता हामी अदालतबारे बोल्नु हुँदैन हैन, अदालतले के गर्दै छ भनेर हेरने आँट गर्जुपर्छ ।’

उनले चुनाव जित्ने वा हार्ने कुरा मात्रैका निम्ति कांग्रेस पार्टी नबनेको भन्दै उनले व्यवस्था नै भत्किने अवस्था आउँदा सत्तामा जाने सपना देखेर बस्न नसुहाउने उनले बताए । पुस ५ गते प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक रहेको भन्दै उनले उक्त कदममा विरुद्ध नेपाली कांग्रेसले कुनै द्विविधा उत्पन्न हुन नदिने नेता थापाले जनाए ।

पन्चायतको बेलामा, फाँसी मुद्दा लागेको बेलामा अदालततर्फ हेरेर बोलेका विपी कोइरालाका कार्यकर्ताहरुले अदालतका बारेमा बोल्दैनौँ भन्नेहरु कायर रहेको उनले बताए । ‘केही साथीहरु भन्नुहुन्छ–अदालतको बारेमा बोल्नु हुँदैन । म फेरि भन्छु, विपी कोइरालाको कार्यकर्ता हौँ हामीहरु । तिनै विपी कोइराला, जसले सर्वोच्च अदालततर्फ हरेर भन्नुभयो, यो अदालत हो श्रीमान्, न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस् ।’ नेता थापाले भने, ‘अदालततर्फ हेरेर, पञ्चायतको बेलमा, फाँसी मुद्दा लागेको बेलामा बोलेका विपीका कार्यकर्ताहरु आज रामशाहपथ देखेर परपर भागेर अदालतको बारे बोल्दैनौँ भन्छन् भने ती कायरहरु हुन् ।’