काठमाडौँ – नेपाल सहकारी बैंक लिमिटेड स्थापना हुने भएको छ । बैँक स्थापनाका लागि एक हजार भन्दा बढी सदस्य संस्थाको प्रारम्भिक भेला आयोजना गरिएको छ ।


ADVERTISEMENT


बैंक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले सहकारी संस्थालाई वचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा पलब्ध गराउन नसक्नु, बिना धितो ठुलो रकम प्रवाह गर्नु, बैक सञ्चालनमा राजनीति हाबी हुनु र कर्जा लगानीमा विभेद भएकाले बैँकको स्थापना गर्नु परेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैैँकट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बैंक सम्बन्धी व्यवस्था गर्न नसक्नुले पनि नेपाल सहकारी बैंक स्थापनाको आवश्यकता महसुस गरिएको उनले बर्ता र उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैक दर्ता प्रकृया अघि बढाइएको बताएका छन् ।

भेलामा कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व गभर्नर डा. चिरञ्जीवि नेपाल, नेपाली काग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगाना, काग्रेस नेता उदयशम्सेर राणा, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाल लगायतले सहकारी बैँक सञ्चालनको लागि शुभकामना दिए ।