काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले भोलि देशव्यापी आम हड्ताल गर्ने भएको छ । प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।


ADVERTISEMENT


विवादका बीचमा राष्ट्रपति भण्डारीले आज (बुधबार)बिहान संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका पदाधिकारीहरुको नियुक्ति गर्दै पद तथा गोपनियताको शपथ गराएकी थिइन् । त्यसको विरोधमा आमहड्ताल गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको नेतृ पम्फा भुषालले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


सम्बिन्धित समाचार
प्रचण्ड-नेपाल समूहको आम हड्ताल : भोलि कुन-कुन सेवा बन्द हुनेछन् ?

उनका अनुसार भोलि यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना, शिक्षणसंस्था बन्द हुनेछन् । अत्यावश्यक बाहेकका सेवाहरु भने नरोकिने उनले बताइन् । आजै साँझ मसाल जुलुस निकालिने पनि उनले बताइन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आमहड्ताल शान्तिपूर्ण हुनेछ ।

 

(अपरान्ह  १:३५ मा प्रकाशित यो समाचार २:४७ मा अद्यावधिक गरिएको छ ।)