काठमाडौँ– आज देशभर अन्र्तराष्ट्रिय ‘विश्व क्यान्सर दिवस’ मनाइदैँ छ । ‘म हुँ र म गर्न गर्छु‘ भन्ने नाराका साथ आज ७७ देशभर कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउन लागिएको हो ।


ADVERTISEMENT


यसअघि, नेपाल क्यान्सर अर्बुद रोग निवारण संस्थाले गत सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक वर्ष झैँ यस वर्ष पनि क्यान्सर सम्बन्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइसकेको छ ।


ADVERTISEMENT

# # #


विश्वभर वर्षेनी क्यान्सरबाट मृत्यु हुने बिरामीको संख्यालाई मध्यनजर गर्दै प्रत्येक फेब्रुअरी ४ का दिन अन्र्तराष्ट्रिय यु.आई.सि.सि संस्थाले विश्व क्यान्सर मनाउँदैँ आएको सन्दर्भमा सोहि दिन नेपाल क्यान्सर अर्बुद रोग निवारण संस्थाले पनि प्रत्येक वर्ष क्यान्सर सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ ।

क्यान्सर लागेर भन्दा पनि क्यान्सरको उपचार सम्भव छ भन्ने जनचेताको अभावमा क्यान्सरका बिरामीको मृत्यु हुने गरेको संस्थाको दाबी छ । संस्थाका अनुसार, नेपालको सन्दर्भमा क्यान्सरकै कारण दैनिक ३७ जनाले ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ ।

तसर्थ सोहि जनचेतनाको लागि क्यान्सरसम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ ।