बाग्लुङ– खुङ्गाका अध्यक्ष तिलक पुन धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतले ढोरपाटन नगरपालिका ४ का अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको हो ।


ADVERTISEMENT


उनी ज्यान मार्ने उद्योगका आरोपमा पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीयवासी लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिएका थिए । जाहेरीमा विकहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकी विरुद्ध मुद्दा दिएका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहेका वडाध्यक्ष पुनसहित कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा रिहा बुधवार रिहा हो ।

बुधवार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो । उक्त घटनामा पुनलाई मरणासन्न हुनेगरी कुटपिट भएको थियो । टाउकोमा गम्भीर चोट लागेका पुनलाई पोखरा लगेर उपचारसमेत गराइएको थियो ।

राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उनले टिप्पणी समेत गरे । पुनलाई वडाध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो । तर, सर्वोच्च अदालतले भने, पुनको वडाध्यक्षको पद तत्काल नहटाउन आदेश दिएको थियो ।

राजमोले भने पुनले पार्टी छाडेकाले वडाध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो । पुनलाई वडाध्यक्षबाट हटाउन गरेको आदेश विपरीत सर्वोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो । धरौटीमा रिहा भएपछि वडाध्यक्ष पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताएका छन् ।

पुनका पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गरेका थिए, भने विपक्षतर्फ सरकारी वकिलसहित अधिवक्ता काजी गाउँले श्रेष्ठ र केशव पराजुली रहेका थिए । रासस