काठमाडौँ – शनिवारको मौषम बदलीपछिको वर्षाका कारण काठमाडौँको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ । आइतवार काठमाडौँको तापक्रम १ डिग्री सेल्सियसमा पुगेको छ, शनिवार यहाँको न्यूनतम तापक्रम ५.७ डिग्री रहेको थियो ।


ADVERTISEMENT


यद्यपि, वर्षातपछि आकाश खुलेको कारण काठमाडौँसहित देशभर आज घाम लाग्ने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव सकिएकाले तराईँका केही जिल्लामा केही सातादेखि लागेको कुृहिरो र हुस्सु पनि अब हट्ने र आइतवार दिउँसो घाम लाग्ने जानकारी महाशाखाले दिएको छ ।


ADVERTISEMENT

# # #


पश्चिमी वायुका कारण गत बिहीवारदेखि उच्च पहाडि जिल्लामा हिउँ परेको थियो भने शनिवार काठमाडौँमा पानी परेको थियो ।