काठमाडौं – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताए ।

शुक्रबार नेतृत्व चयनका लागि भइसकेको निर्वाचनका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५,००० भन्दा बढी युवाहरू पार्टीमा जोडिएको भन्दै ठूलो आकर्षण र ऊर्जा देखिएको उनीहरुमा देखिएको बताएका हुन् ।


ADVERTISEMENT

#
#


उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई चार–पाँच वटा पुस्ताको सन्तुलन भएकाले गाउँमा खट्ने श्रमिकदेखि बौद्धिक वर्गसम्म सबैलाई जोड्ने प्रयास गरिएको उल्लेख गरे ।

महाधिवेशन एक दिन लम्विएपनि निर्वाचन प्रक्रिया एकदमै सहज र उत्साहजनक ढङ्गले अघि बढिरहेको उनले बताए । उनले विगतमा पनि मतगणना र अन्य प्रक्रियामा १ हप्तासम्म लाग्ने गरेको भन्दै यहाले यसपटक छिटो परिणाम आउने विश्वास व्यक्त गरे ।

कांग्रेसको महाधिवेशनमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध भइसकेका छन् ।