काठमाडौं – विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

विद्यार्थीहरूमा धितोपत्र तथा पूँजी बजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले असोज २३ गते कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए।


ADVERTISEMENT

#
#


कार्यक्रममा धितोपत्र व्यवसायअन्तर्गत मर्चेन्ट बैंकरले गर्ने गतिविधि, सेयर लगानीका आधारभूत विषय, लगानीमा हुन सक्ने जोखिमको व्यवस्थापन तथा सुरक्षित लगानीका अभ्यासबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई पूँजी बजारको कार्यप्रणाली बुझ्न, लगानीका अवसरबारे जानकारी लिन तथा जोखिमको मूल्याङ्कन गरेर लगानीसम्बन्धी निर्णय लिन आवश्यक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस्ता कार्यक्रमले युवा पुस्तामा वित्तीय ज्ञान विस्तार गर्नुका साथै जिम्मेवार र सचेत लगानी संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।