मकवानपुर – बागमती प्रदेशअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले वन र बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार दुई जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले विसं २०७० जेठ १९ गते वन मुद्दामा दोषी ठहर गर्दै १६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार मकवानपुर मनहरि गाउँपालिका ६ का ३४ वर्षीय सञ्चलाल घलानलाई सोमबार पक्राउ गरेको हो ।


ADVERTISEMENT


त्यसैगरी बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०७६ माघ २५ गते दोषी ठहर गर्दै चार लाख १८ हजार २५० जरिवाना तोकेको फरार रहेका मनहरि गाउँपालिका ६ का ३५ वर्षीय विनोद प्रजालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई सजाय भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस


ADVERTISEMENT

# # #