काठमाडौँ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन् ।


ADVERTISEMENT


हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिए । उनका अनुसार शरदका स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ ।


ADVERTISEMENT

# # #


नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार हङकङको सामना गर्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २००४ र २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो । अङ्क तालिकामा नेपाल छैटौँ र हङकङ पाँचौँ स्थानमा छन् । जारी प्रतियोगितामा नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेमा नेपाल शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउनेछ । प्रतियोगितामा नेपालको आठ तथा हङकङको ११ अङ्क छन् ।