काठमाडौँ – प्रतिनिधिसभाविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जरूरी परे सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार घेर्नेगरी आमसभा आयोजना गर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित प्रचण्ड–माधव समूहको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँ जनताको विरोध, आक्रोश र जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने अवस्था आउन सक्ने बताए ।


ADVERTISEMENT

# # #


‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ? यी लाखौँ जनताको विरोध, आक्रोश र पीडीलाई बुझ्नु भएन भने म तपाईंलाई चुनौति दिन्छु, हेर्नुहोला केहीदिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौँ जनता आउनेछन् ।’ उनले भने, ‘तपाईंको प्रतिगमन, नपाईंको निरंकुशता, लोकतन्त्रको हत्या गर्ने तपाईंको आपराधिक चरित्रका नेपाली जनताले बुझिसकेका छन् । त्यसकारण जरुरी पर्यो भने १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौँ ।’

उनले संसद विघटनविरुद्ध एकजुट भएर आन्दोलनमा उत्रिन नेपाली कांग्रेस लगायतका दलहरुलाई आह्वान गरे ।