काठमाडौँ – सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ ।


ADVERTISEMENT


सोमवार निवर्तमान सीईओ जनक शर्मा पौडेलले राजीनामा दिएलगत्तै सुमनलाई सीईओमा नियुक्त गरिएकोमा बुधवारदेखि उनले कार्यभार सम्हालेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि माछापुच्छ्रे बैंकको सीईओमा कार्यरत सुमनले माछापुच्छ्रेबाट राजीनामा दिएपछि उनी एक वर्षदेखि खालि बसिरहेका थिए ।

शर्माको बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए।