– प्रा. डा. प्रमोद क्षेत्री (मिर्गौला रोग विशेषज्ञ, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल)


ADVERTISEMENT


मिर्गौलाले गर्नुपर्ने जति काम गर्न नसक्ने अवस्थालाई मिर्गौला असफल (किड्नी फेल) भनिन्छ । मिर्गौलाको असफलत पश्चात् स्वस्थ्य जीवन जिउनका लागि व्यक्तिलाई या त डायलाईसिस (रगत सफा गर्ने प्रकृया) वा मिर्गौला प्रत्यारोपण (नयाँ मिगौलाको जोहो गरी शरीरमा पुनः स्थापना गर्ने प्रकृया) गर्नुपर्छ ।


ADVERTISEMENT

# # #


मिर्गौला ‘फेल’ हुनुका २ प्रकारहरु हुन्छन्ः
१. तीव्र खालको मिर्गौला असफल (एक्युट रेनल फेलर)
२. दिर्घकालीन मिर्गौला असफल (क्रोनिक किड्नी फेलर)

कुनै पनि व्यक्तिको मिर्गौला ‘फेल’ हुनु पछाडि एक मात्र नभई विभिन्न कारणहरु जिम्मेवार रहेका हुन्छन्ः

तीव्र मिर्गौला ‘फेल’ कारणहरु
१. झाडाबान्ता पश्चात् शरीरमा पानीको अत्याधिक कमी हुनु
२. अत्याधिक रक्तश्राव
३. मिर्गौलालाई क्षति पुर्याउने खालका औषधिको दुरुपयोग । जस्तैः पेनकिलर र वैकल्पिक औषधि(अल्टरनेटिभ थेरापी)को जथाभावी सेवन
४. मिर्गौला पत्थरी
५. भयानक वा गम्भीर संक्रमण (सिभियर सेप्सिस)
६. पिसाब निष्काशनमा अवरोध
७. र, हृदयघात ।

कुनै पनि रोगको रोकथाम वा उपचार भन्नु नै त्यसका कारणको रोकथाम गर्नु हो । तसर्थ व्यक्तिमा मिर्गौला ‘फेल’ हुनु पछाडि माथि उल्लेखित कारणहरुलाई समयमै पहिचान गरी रोकथाम गरिएमा, यस्तो किसिमको मिर्गौला ‘फेल’ भएका अधिकांश बिरामीहरु निको हुन्छन् ।

दिर्घकालीन मिर्गौला ‘फेल’का कारणहरुः

१. ग्लोमेरुलार डिजिज (मिर्गौला भित्र रहने जालीको रोग)
२. मधुमेह
३. उच्च रक्तचाप
४. मिर्गौलालाई असर गर्ने औषधिको दिर्घकालीन प्रयोग
५.वशांणुगत रोगहरु (पोलिसिस्टिक किड्नी डिजिज)
६. पिसाब प्रवाहमा अवरोध, समस्या वा दिर्घकालिन संक्रमण(क्रोनिक इन्फेक्शन)
७. अटो इम्युन डिजिज(सिस्टेमेटिक लुपस इराईथेमेटोसस)
८. हालसम्म कारण पत्ता लाग्न नसकेका रोगहरु
९. विभिन्न कारणले गर्दा हुने दिर्घकालीन इन्टरस्टिसियल रोगहरु(क्रोनिक इन्टरस्टिसियल डिजिज) ।

मिर्गौला फेल हुनबाट बच्ने उपाय

१. नियमित स्वास्थ्य परीक्षण

प्रत्येक स्वस्थ व्यक्तिले वर्षमा १ पटक अनिवार्य रुपमा आफ्नो आवश्यक स्वास्थ्य जाँच गराउनु पर्छ । त्यस्तै, बिरामीको हकमा भने चिकित्सकको सल्लाह अनुसारस्वास्थ्य जाँच गराउनुपर्छ ।

२. मिर्गौलालाई असर गर्ने कारणबाट टाढा रहने
जस्तोः मधुमेह र रक्तचाप आदिको पनि नियमित परीक्षण गरेर नियन्त्रण राख्ने

३. झाडाबान्ता हुदा शरीरलाई आवश्यक पानी, सुप, झोलिलो खाना, जीवनजलको प्रशस्त सेवन गर्ने ।

४. उचित आहारको सेवन
नुन तथा माछामासुको प्रयोग कम गरी शाकाहारी खानामा बढि जोड दिने । यस्तै, स्वच्छ तथा सफा सुग्घर खानाको प्रयोग गरी विषाक्त एवम् सञ्चय गरी राखेका (फ्रोजन गरिएका) खानाको सेवनबाट टाढै रहने ।

५. नियमित व्यायाम गर्ने
६. तनावमुक्त रहि सकरात्मक सोचको विकास गर्ने
७. सक्रिय जीवन व्यतित गर्ने
८ .चिकित्सकको सल्लाहबिना कुनै पनि औषधिको सेवन नगर्ने
९. सुर्तिजन्य पदार्थ एवम् धुम्रपानको सेवन नगर्ने
१०. परिवारका कुनै सदस्यमा मिर्गौला समस्या देखिएका व्यक्तिले आफ्नो पनि मिर्गौलाको अवस्थाको जाँच गर्ने ।

शरीरमा एउटा मात्रै मिर्गौला रहदाका बेफाइदाहरु

स्वस्थ जीवन यापनका लागि व्यक्तिलाई दुवै स्वस्थ मिर्गौलाको जरुरी पर्छ । दुवै मिर्गौलाले २४ सै घन्टा काम गरिरहन्छन् । तसर्थ, कारणवश कतिपय एउटा मात्र मिर्गौला रहने बाध्यात्मक परिस्थितीको सिर्जना भएमा पक्कै पनि बाँकी एउटा मिर्गौलाको आकार, प्रकार (सेप एन्ड साइज) परिवर्तन आउनुका साथै सामान्य रुपमा काममा पनि परिवर्तमा पनि परिवर्तन आउन सक्छ ।

मिर्गौला दान

स्वस्थ मिर्गौला भएका स्वस्थ र वयस्क व्यक्तिले दुईमध्ये एक मिर्गौला दान गर्न सक्छन् ।

(डा. क्षेत्रीसँग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानीमा आधारित)