काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा दिपेश लम्साल नियुक्त भएका छन् ।


ADVERTISEMENT


बैँकको माघ २९ गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढ्वा गरेको हो । साथै उनलाई बैँकको मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सुम्पिएको छ ।


ADVERTISEMENT

# # #


विगत १२ वर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैकिङ्ग अनुभव रहेको छ । केन्द्रीय बैंकको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने लम्सालले बताएका छन् ।