दमौली– देवघाट गाउँपालिकामा सञ्चालित वृद्धाश्रमका लागि रु. एक करोड ५५ लाखको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिएको छ ।देवघाट क्षेत्र विकास समिति अन्तर्गत सञ्चालित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) का लागि रु. एक करोड ५५ लाखको अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरिएको हो ।


ADVERTISEMENT


एक व्यक्तिबाट रु १५ हजार ५०० सङ्कलन गरेर एक हजार जनालाई आजीवन सदस्य बनाउने अभियान रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले जानकारी दिए । एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भर पर्नु नपर्ने घिमिरेले बताए।


ADVERTISEMENT

# # #


वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् । यद्यपि वृद्धाश्रमको क्षमता भने ५० जनाको रहेको छ ।

उनका अनुसार, ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ ।

वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पुर्‍याउँदै आएका छन् । उनका अनुसार, पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ ।

वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडानलगायतका काम गरिएको छ । विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो । रासस