काठमाडौँ – विश्वकै प्रतिष्ठित फ्रेन्चाइज्ड टी–२० क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग(आइपीएल)को १४ औँ संस्करणका लागि आज खेलाडी लिलामी (अक्सन) हुँदैछ । यद्दपी यो पूर्ण अक्सन भने होइन ।


ADVERTISEMENT


आइपीएलसमा सहभागी ८ टिमले आफ्नो टिममा रिक्त रहेका स्थानपूर्ति गर्नका लागि गरिने यो मिनी अक्सन हो । भारतको चेन्नईमा हुने खेलाडी अक्सनका लागि १ हजार ९७ जना खेलाडीले नाम दर्ता गराएका थिए । तर, बीसीसीआईले जसबाट २९२ जना खेलाडीको नाम मात्र अक्सनका लागि छनोट गरेको छ ।


ADVERTISEMENT

# # #


सन्दीप बिक्लान् ?

आइपीएल अक्सनका लागि सन्दीप लामिछानेसहित ८ जना नेपाली खेलाडीले नाम दर्ता गराएका थिए । तर, अक्सनमा सन्दीप मात्रै छनोट भएका छन् ।

विश्वका सबैजसो फ्रेन्चाइज्ड लिग खेलिसकेका सन्दीपसँग आइपीएलमा समेत तीन वटा संस्करणको अनुभव छ । आइपीएलका तीन वटा संस्करण दिल्ली क्यापिटल्समा आवद्ध भएका सन्दीपलाई यसपटक दिल्लीले रिलिज गरेको छ ।

रिलिज भएसँगै उनी पनि अक्सनबाट छानिएर आउनु पर्नेछ । तीनवटा संस्करणमा २० लाख भारु (३२ लाख नेपाली रुपैयाँ)मा आवद्ध भएका सन्दीपले यसपटक आइपीएलमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (करिब ५४ लाख नेपाली रुपैयाँ) राखेका छन् ।

ग्लोबल स्टार बनिसकेका सन्दीप आइपीएलमा बिक्छन् कि बिक्दैनन् भनेर सम्पूर्ण नेपाली खेलप्रेमीले चासोका साथ हेरिरहेका छन् ।

सबै ८ टिममा ६१ खेलाडीको मात्र स्थान खाली छ । त्यसमा पनि विदेशी खेलाडीको २० कोटा मात्र खाली छ । सन्दीपले आईपीएलमा बिक्रि हुनका लागि तिनै २० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।