बझाङ– थलारा गाउँपालिका–५ मा कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले सहकारी संस्था लिमिटेडको दुईकोठे भवनको शनिबार शिलान्यास गर्दै गाउँपालिकाको आर्थिक समृद्धिका लागि विभिन्न काम भइरहेको जानकारी दिएको हो ।


ADVERTISEMENT


प्रदेशको सांसद कोषबाट आएको रु. पाँच लाख बजेटको एक लाख ७५ हजारमा जग्गा लिइएको संस्थाका अध्यक्ष हर्कबहादुर विष्टले बताएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, भवन निर्माणका लागि आर्थिक सहयोगको अपेक्षा गरेको सहकारी संस्थाका प्रबन्धक निर्देशक गणेश पार्कीले जनाए। विसं २०७२ देखि सञ्चालित सो संस्थामा ४९२ शेयर सदस्य तथा शेयर पूँजी पाँच लाख ३६ हजार ५०० छ ।

सह प्रबन्धक रेखा रोकायाका अनुसार, संस्थाको कूल पूँजी रु. ४८ लाख ३ सय ७५ रहेको छ ।

संस्थामा विभिन्न किसिमका बचत बाल बचत, ऐच्छिक, पेवा, वृद्ध, ग्रसु पेन्सन बचतलगायतका सेवा रहेका छन् । पहिला भाडाको घरबाट सेवा दिइरहेको सहकारी संस्थाले अब आफ्नै पक्की भवन भएपछि संस्थाको काम तथा कारोवार सञ्चालन सहज हुनेसमेत उनले बताइन् । रासस